Skip
आज : २०८३ कार्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घोप्टेभीरको पहिरो पन्छाएपछि दुईतर्फी खुल्यो सडक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २२ गते


Advertisement

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो । दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रूपमा आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर पौडेलले जानकारी दिए ।

सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो ।

झन्डै ३५ मिटरमाथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । उक्त ठाउँमा भित्तो नकाटिएको भए पनि आफैँ माथिबाट पहिरो खसेको नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले बताए ।

उक्त ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्