Skip
आज : २०८३ कार्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साइबर ब्युरो जादै कांग्रेस महामन्त्री सिवाकोटी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २२ गते


Advertisement

२२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको बोलावटपछि साइबर ब्युरो जाने भएका छन्।

चाडपर्व बिदामा समेत प्रहरीले ताकेता गरेपछि आफू ब्युरो जान लागेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

इनम सापकोटा र नेपाली कांग्रेससँग सम्बन्धित समाचारबारे दिएको टिप्पणीलाई लिएर परेको उजुरीका आधारमा साइबर ब्युरोले उनलाई कात्तिक १९ गते नै उपस्थित हुन बोलाएको थियो।

आइतबार लेखिएको स्टाटसमा शिवाकोटीले एक घण्टाभित्र ब्युरो पुग्ने र सम्भव भएसम्म दिनभरिका भेटघाटसमेत त्यहीँ गर्ने बताएका छन्।


प्रतिकृया दिनुहोस्