Skip
आज : २०८३ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपति र सभामुखबीच भेट, संसद्का विधेयकदेखि राजनीतिक अवस्थासम्म छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २० गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषय र संसद्का गतिविधिबारे छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भेटका क्रममा संघीय संसद्मा विचाराधीन विधेयक, संसद्को प्रभावकारिता तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे समेत कुराकानी भएको थियो।


प्रतिकृया दिनुहोस्