काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।
























