Skip
आज : २०८३ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पत्रकार पक्राउमा प्रधानमन्त्रीको संलग्नता नरहेको सचिवालयको दाबी, रिहा गर्न निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

काठमाडौं । पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत पत्रकार पक्राउबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको बताएकी हुन्।

उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेर धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

 


प्रतिकृया दिनुहोस्