Skip
आज : २०८३ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नयाँ पत्रिकाको कार्यालयमा किन पुग्यो सादा पोसाकमा प्रहरी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

काठमाडौं, कात्तिक १३ । नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोशाकका पाँच प्रहरी पुगेका छन्।

उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित गराउनुपर्ने भन्दै कार्यकक्षमै बसेको सम्पादक खगेन्द्र पन्तले बताएका छन्।

पन्तका अनुसार प्रहरीसँग पक्राउ पुर्जी छैन। उनीहरूले संवाददातालाई उपस्थित गराउन भनेका छन्।

यसअघि शुक्रबार नै नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।


प्रतिकृया दिनुहोस्