Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १० गते


Advertisement

१० कार्तिक, काठमाडौं । सोमबार तोलामा ३ हजार रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८२ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गएको आइतबार तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ हिजो ३ हजार रुपैयाँ बढेर २ लाख ८१ हजार ५ सय पुगेको थियो।

त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ। तोलामा २५ रुपैयाँ घटेर चाँदीको भाउ आज ३ हजार ९ सय ७० रुपैयाँमा झरेको हो।

हिजो प्रतितोला ४० रुपैयाँ बढेर चाँदीको भाउ ३ हजार ९ सय ९५ पुगेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।


प्रतिकृया दिनुहोस्