८ कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आ पत्रकार सम्मेलनमार्फत विजेतालाई दिइने पुरस्कार रकम सार्वजनिक गरेको हो।
सोमबार अर्थात् अक्टोबर २६ देखि सुरु हुने प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने प्रतियोगितामा अघिल्ला दुई संस्करणमा सहभागी भएका आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पयसपटकको एनपीएल थप विशेष हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त प्रतियोगितामा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस)समेत प्रयोग गरिनेछ।































