५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न र आवश्यक परे उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
साउदी अरबको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ।
आन पार्टी सभापति गगन थापाले घटनाप्रति ध्यानाकर्षण जनाउँदै मृतक नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
निर्दोष नागरिकको ज्यान जाने यस्ता हिंसात्मक घटना मानवता र मानवीय मूल्यविपरीत रहेको कांग्रेसको भनाइ छ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक भएको उल्लेख गर्दै कांग्रेसले घटनाको निन्दा गरेको छ।
साथै, साउदीमा रहेका नेपालीको सुरक्षाका लागि सरकारले तत्काल आवश्यक पहल गर्न, सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन र अवस्था गम्भीर भए नेपाली नागरिकको उद्धारको प्रबन्ध मिलाउन कांग्रेसले आग्रह गरेको छ।






























