Skip
आज : २०८३ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वप्रधानन्यायाधीश रेग्मी भन्छन् : संविधानमा सुधार आवश्यक भए संवैधानिक प्रक्रियाबाटै हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २ गते


Advertisement

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा रहेको विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिने विश्वास व्यक्त गरेका हुन्।

यसवर्षको चाडपर्व प्राकृतिक विपत्ति र बाढीपहिरोका कारण प्रभावित भएको उल्लेख गर्दै उनले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य पीडितहरूको आँसु पुछ्नु र उनीहरूको जीवन सामान्य बनाउन हातेमालो गर्नु सबैको दायित्व भएको बताएका छन्। उनले राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै आ–आफ्नो क्षमताअनुसार पीडितलाई सहयोग गर्न आह्वानसमेत गरेका छन्।

ीबहmष् कगलचष्कभ दबलप
पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक विपत्ति र कमजोर अर्थतन्त्रका कारण मुलुक अप्ठ्यारो अवस्थामा रहेको बेला देशलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति देखिएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई निस्तेज पार्नुपर्ने आवश्यकता औँल्याएका छन्। जनताको मतबाट निर्मित संविधान र कानुनको शासन नै देशको सबैभन्दा भरपर्दो जग भएको उल्लेख गर्दै उनले भने, ‘संविधानमा सुधारको आवश्यकता देखिएमा संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्छ। असहमतिको समाधान संवाद, संयम तथा विधिभित्रै खोजिनुपर्छ।’

यसैगरी, विदेशमा रहेका लाखौँ नेपाली युवाको श्रम र पसिनाले देश चलेको भए पनि आफ्नै माटोमा सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन्। युवाको ऊर्जा, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन र निष्पक्ष न्याय नै समृद्ध नेपालको आधार भएको उनको भनाइ छ।

तडकभडरहित सौम्य रूपमा दसैँ मनाउन आग्रह गर्दै रेग्मीले यस पर्वले देशलाई उन्नति, प्रगति, स्थिरता र समृद्धितर्फ अघि बढाउन दुर्गा भवानीले शक्ति प्रदान गरुन् भन्ने कामना गरेका छन्।


प्रतिकृया दिनुहोस्