Skip
आज : २०८३ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २ गते


Advertisement

२ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । हिजो आइतबार तोलामा ४ सय रुपैयाँले गिरावट आएको थियो ।

आज आज सुनको भाउ तोलाको २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार भने तोलाको २ लाख ९० हजार १ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ बढेको छ । आइतबार ५० रुपैयाँ घटेको थियो । आज चाँदी तोलाको ४ हजार १ सय ८५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्