Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी भएका छन्।

उनले ३ हजार २४५ मत प्राप्त गर्दा ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाए।

आदिवासी जनजाति महिला केन्द्रीय सदस्यतर्फ गीता गुरुङ (२,८५९), डा. गंगालक्ष्मी अवाल (२,७६८), रेणुका काउछ मगर (२,३९२), सपनाराज भण्डारी जोशी (२,३५१), सीता कुमारी राना मगर (२,१३२), प्रमिला राई (२,०२०), लिलादेवी बोखिम लिम्बु (१,६८१) र पुनम लामा (१,६३६) निर्वाचित भएका छन्।

त्यस्तै, जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ तीर्थ लामा ४ हजार ४२५ मतसहित पहिलो बने। निर्वाचित अन्यमा ई. अनुप श्रेष्ठ (२,५५१), डा. प्रेमध्वज लामा (२,५०५), कर्मा छेरिङ शेर्पा (२,४०६), टेकप्रसाद गुरुङ (२,०९०), भीम श्रीस मगर (२,०४६), रामकृष्ण चित्रकार (१,९८२), बुद्ध लामा (१,९५६), गेल्जे लामा शेर्पा (१,८१९), वंशलाल तामाङ (१,७५६), अमृत गुरुङ (१,६८९) र सुशील गुरुङ (१,६४४) रहेका छन्। निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको हो।


प्रतिकृया दिनुहोस्