काठमाडौं । साताको कारोबारमा आज सेयर बजार परिसूचक नेप्से ४.१२ अंकले बढेर २ हजार ५९९ विन्दुमा पुगेको छ।
यस दिन कुल ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीकाे घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत रूपमा वाणिज्य बैंक, विकास बैंक, लगानी, जीवन बिमा र निर्जीवन बिमा समूह बढेका छन्।
यता फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूह भने घटेका छन्।





























