Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रोहितको अर्धशतक, करणको विस्फोटक ब्याटिङले ओमानसामु नेपालको २६३ रन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २६३ रन बनाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ओमानलाई २६४ रनको लक्ष्य दिएको हो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए भने अर्जुन कुमालले ४०, करण केसीले ४०, बसिर अहमदले ३७ र इसान पाण्डेले ३७ रन जोडे।

रोहित र बसिरले चौथो विकेटका लागि ८६ रनको
साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए।

आक्रामक ब्याटिङ गरेका करण केसीले १६ बलमा ४ छक्का र १ चौकासहित ४० रन बनाए।
ओमानका शाह फैसल, सकिल अहमद र करण सोनाभाले समान २ विकेट लिए। अब ओमानले जितका लागि २६४ रन बनाउनुपर्नेछ।

 


प्रतिकृया दिनुहोस्