काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा र अजय सिवाकोटीले अग्रता लिएका छन्।
निर्वाचन समितिका अनुसार ५ हजार ८९ मत गणना हुँदा खतिवडाले २ हजार १७८ र सिवाकोटीले १ हजार ५५६ मत प्राप्त गरेका छन्।
त्यस्तै, डिल्लिराम सुवेदीले १ हजार ३३०, देवेन्द्रराज कँडेलले १ हजार १२, राजीव ढुंगानाले ९०१ र विकास कोइरालाले ८१५ मत पाएका छन्।
यसैगरी, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन्।
सहमहामन्त्री खुलातर्फ दुई पदका लागि निर्वाचन भएको हो। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।

























