Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगनलाई प्रदीपको बधाई : ‘बदलिएको कांग्रेस, बदलिने देश हाम्रो परिणाम बन्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापतिमा निर्वाचित गगनकुमार थापालाई नेता प्रदीप पौडेलले बधाई दिँदै कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक जिम्मेवारी पूरा गर्न शुभकामना दिएका छन् ।

पौडेलले नयाँ युग बदल्ने संकल्पसहित अघि बढेको उल्लेख गर्दै पार्टी रूपान्तरणको यात्रा सहज नहुने बताएका छन् । चुनौतीका पहाड भए पनि अलमलिने र थाक्ने छुट नभएको उनको भनाइ छ ।

‘बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ,’ पौडेलले भनेका छन् ।

उनले थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा आफू इमानदार सहयात्रीका रूपमा सँगै रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्


प्रतिकृया दिनुहोस्