२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो ।
सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ ।
सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।
पार्टीको सर्वोच्च पदका लागि तीन जनाको उम्मेवारी परेको छ । सभापति पदमा सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीको सभापति पदमा उम्मेदवारी परेको छ ।
वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति ९१० खुलातर्फ उपसभापति ९२० हुने विधानको व्यवस्था छ ।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको छ । साथै उपसभापति पदमा महिला क्लस्टरमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुबै जना हाल उपसभापति पदमा छन् ।
प्रथम नामावलीमा कुनै दावी विरोध रहेमा प्रक्रियासम्मत दावी विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मका लागि समय तोकिएको छ ।




























































