Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाढीपहिरोको क्षति व्यवस्थापनमा सरकार गम्भीर छ : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेयता देशका विभिन्न क्षेत्रमा देखिएको विपद्को व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर सरकार निरन्तर खटिरहेको बताएका छन्।

सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विपद् व्यवस्थापनको कामलाई तीव्रता दिइएको बताए।

बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी थिए। शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै व्यवस्थापनको काम अघि बढिरहेको जानकारी दिए।

विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको बताउँदै शाहले हिमपहिरोको जोखिम घटाउन पनि आवश्यक काम अघि बढाइएको बताए।

उनले विपद्का बेला जोखिम मोलेर खटिएका कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति धन्यवाद व्यक्त गरे।


प्रतिकृया दिनुहोस्