Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस सभापतिको उमेदवार बन्न ४० हजार लाग्ने, अन्य पदको कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा ४० हजार, उपसभापति र महामन्त्रीमा ३०–३० हजार, सहमहामन्त्रीमा २० हजार तथा केन्द्रीय सदस्यमा ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।

उम्मेदवारी दर्ताका लागि सभापतिका उम्मेदवारले १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्नेछ। उपसभापति र महामन्त्रीका लागि ७–७ जना, सहमहामन्त्रीका लागि ५–५ जना तथा केन्द्रीय सदस्यका लागि ३–३ जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ।

निर्वाचन समितिका अनुसार उम्मेदवार बन्न चाहेको पदमै अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न भने पाइने छैन।


प्रतिकृया दिनुहोस्