Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खुलामञ्चमा सुरु भयो कांग्रेसको १२ औं महाधिवेशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह काठमाडौँस्थित खुलामञ्चमा सुरु भएको छ।

उद्घाटन समारोह दिउँसो २ बजेदेखि हुने भनिए पनि केही ढिला गरी सुरु भएको हो।

समारोहको सञ्चालन महामन्त्री प्रदीप पौडेलले गरिरहेका छन्। कार्यक्रम सुरु भइसक्दा पनि खुलामञ्चमा देशभरबाट आएका कांग्रेसका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको आउने क्रम जारी छ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने, एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी, जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी, लगायत मञ्चमा पुगिसकेका छन् ।

 

 


प्रतिकृया दिनुहोस्