Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशन : असोज १९ मा उम्मेदवारको मनोनयन दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ताको मिति तय भएको छ।

निर्वाचन समितिका अनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराउन सक्नेछन्। मनोनयन दर्ताका लागि राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग तोकिएको छ।

केन्द्रीय कार्यसमितिका विभिन्न पदमा प्रतिस्पर्धा गर्न इच्छुक योग्य उम्मेदवारलाई तोकिएको समयभित्रै प्रक्रिया पूरा गर्न निर्वाचन समितिले आग्रह गरेको छ।

महाधिवेशनबाट कांग्रेसको सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना र सहमहामन्त्री आठ जना निर्वाचित हुनेछन्। यससँगै विभिन्न केन्द्रीय सदस्य पदका लागि पनि निर्वाचन हुनेछ।

कांग्रेसमा करिब ७ हजार ५ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने बताइएको छ। निर्वाचनसम्बन्धी अन्य विस्तृत कार्यक्रम भने पछि सार्वजनिक गरिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ।


प्रतिकृया दिनुहोस्