Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस सभापतिकाे हैसियतबाट देउवाको अपिल  : उत्साहपूर्वक  वडा अधिवेशनमा सहभागी  हौं 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

१५ असाेज, काठमाडौं । नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता–कार्यकर्तालाई अपिल गरेका छन्।

देउवाले आज अपिल जारी गर्दै देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गरी अधिवेशन सुरु हुन लागेको बताएका छन्।

उनले झण्डै ८ दशक लामो इतिहास बोकेको कांग्रेसका लागि १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेका त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण हुने देउवाको भनाइ छ।

उनले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई वडा अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरेका छन्।

साथै पार्टीभित्र देखिएका मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै कांग्रेसलाई थप मजबुत बनाउने प्रणसमेत देउवाले गरेका छन्। अपिलमा देउवाले आफुलाइ कांग्रेस सभापति हैसियत दिएका  छन् ।

 

 


प्रतिकृया दिनुहोस्