१३ असाेज, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस नेता डा. शशांक कोइरालाले मंगलबार पार्टीमा स्वागत गरेका हुन्।
शेरबहादुर देउवा पक्षबाट गठित महाधिवेशन तयारी समितिका संयोजक समेत रहेका कोइरालाले मनाङेलाई पार्टीमा प्रवेश गराएका हुन्। कांग्रेसले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ।
पार्टी प्रवेशसँगै मनाङेलाई जिल्लाको अधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारीसमेत दिइएको छ।
मनाङे २०७९ को प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनी गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए। पछि सर्वोच्च अदालतको फैसलाबाट उनको सांसद पद खारेज भएको थियो































