एजेन्सी । अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध प्रभावकारी भएको दाबी गरेको छ।
प्रतिबन्धपछि तेहरानबाट हुने अन्तर्राष्ट्रिय उडानमा उल्लेख्य कमी आएको अमेरिकी पक्षको भनाइ छ।
फ्लाइटरडार–२४ का अनुसार प्रतिबन्ध लागू भएपछि तेहरान विमानस्थलबाट आइतबार ४१ उडान मात्र उडे वा अवतरण भए। प्रतिबन्धअघि दैनिक ८० देखि ९० उडान हुने गरेको बताइएको छ।
इरानले भने प्रतिबन्धका बाबजुद तेहरानबाट करिब ३० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भइरहेको जनाएको छ।
चीनले अमेरिकी प्रतिबन्धलाई अवैध र एकपक्षीय भन्दै अस्वीकार गरेको छ भने रूस र पाकिस्तानबाट पनि इरानतर्फका उडान जारी छन्।
संयुक्त अरब इमिरेट्सले भने इरानी उडानहरू थप सूचना नआएसम्म निलम्बन गरेको छ।
इरानले अमेरिकी प्रतिबन्धविरुद्ध संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय न्यायालयमा उजुरी गर्ने घोषणा गरेको छ।
































