Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको १५औँ महाधिवेशन सर्ने सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १२ गते


Advertisement

१२ असोज, काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सर्ने सम्भावना देखिएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बाढीपहिरोले जनजीवन प्रभावित हुनुका साथै कतिपय स्थानीय अधिवेशनसमेत पूरा हुन सकेका छैनन्।

सडक अवरुद्ध हुँदा असोज १६ गतेदेखि हुने महाधिवेशनका लागि प्रतिनिधिहरू समयमै काठमाडौं आउन कठिनाइ हुने देखिएको उनले बताए।

महाधिवेशन सार्ने विषयमा मंगलबार बिहान पार्टीको बैठक बसेर निर्णय गरिने तयारी छ।

तर, कांग्रेसले सर्वोच्च अदालतमा असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भन्दै आफ्नो धारणा पेस गरिसकेकाले मिति परिवर्तन गर्दा कानुनी जटिलता आउन सक्ने विषयमा समेत छलफल हुने बताइएको छ।

 

 


प्रतिकृया दिनुहोस्