काठमाडौं । समाजसेवी होमनाथ गिरी र उनकी पत्नी निशा गिरीले बाढी पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्।
पोखरा महानगरपालिका–३३, बाघमारा घर भएका गिरी केही वर्षदेखि कुवेतस्थित एक प्रतिष्ठित कम्पनीमा असिस्टेन्ट म्यानेजिङ डाइरेक्टरका रूपमा कार्यरत छन्।
गिरी कुवेतस्थित नेपाली समुदायबीच सहयोगी, परोपकारी तथा सामाजिक भावनाले प्रेरित व्यक्तिका रूपमा परिचित छन्। नेपालमा प्राकृतिक विपत्ति आइपर्दा होस् वा नेपाली समुदायका समस्या पर्दा, उनले आफ्नो तर्फबाट सहयोग गर्दै आएका छन्।
गिरी दम्पतीले यसअघि पनि नेपालका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आएका छन्।
यसैबीच, रसुवाको टिमुरे क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीपछि विभिन्न जिल्लामा गरी ५७९ जनाको शव फेला परेको र १ हजार ९२४ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरण उद्धृत गर्दै समाचार सार्वजनिक भएको छ।






























