बाढीपीडितका लागि इक्यानले गर्याे १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा
११ भदौ, काठमाडौं । भोटेकसि बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागी विभिन्न सङ्घसस्था तथा देश विदेशबाट सहयोग जुटिरहेको छ । यसै क्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
‘इक्यान फर नेसन’ अभियानअन्तर्गत इक्यान केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको व्यक्तिगत योगदानबाट ५ लाख रुपैयाँ संकलन गरी उक्त सहयोग उपलब्ध गराउन लागिएको हो।
विपत्तिको यस दुखद घडीमा प्रभावित परिवारहरूको पीडामा मलहम लगाउन र मानवीय दायित्व पूरा गर्न संस्थाले सम्पूर्ण सदस्य संस्था, शैक्षिक संस्था तथा वैदेशिक साझेदारहरूलाई समेत आफ्नो तर्फबाट सहयोग गर्न पनि अपिल गरेको छ ।































