Skip

Hamro Sanchar

रास्वपाको केन्द्रीय समिति बैठक चमतिमा, बरिष्ठ नेता बालेन भने लागे मुस्ताङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ५ गते


Advertisement

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ।

काठमाडौँको चमतिस्थित केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकमा महामन्त्री विपिन आचार्यले एजेन्डा पढेर सुनाइरहेका छन्। असार ७ देखि १२ गतेसम्म चितवनमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो।

त्यसपछि यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि साउन १४ गते पहिलो केन्द्रीय समिति बैठक बसेको थियो।

बैठकमा पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्यको मनोनयन गर्ने एजेन्डा छ। रास्वपा विधानअनुसार, सभापति रवि लामिछानेले मनोनित गरेर सो प्रस्ताव केन्द्रीय समिति बैठकमा ल्याउने र बैठकले अनुमोदन गर्नेछ।

गत साउन १३ गतेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनित गरेको थियो। तर, आजको बैठकमा शाह छैनन्। उनी स्थलमार्ग हुँदै पोखरा लागेका छन्।

तथापि, शाहकै राजनीतिक सल्लाहकार असिम शाह भने बैठकमा छन्। उनी रास्वपाको सहमहामन्त्री हुन् ।


प्रतिकृया दिनुहोस्