Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २ गते


Advertisement

२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध चरित्रहत्या, गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै साइबर ब्युरोमा दर्ता गराएको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिएकी छन्। आज चितवनबाट पक्राउ परेका दुवै जना पुरुष रहेको र अन्य आरोपितहरूको खोजी तथा अनुसन्धान जारी रहेको साइबर ब्युरोले जनाएको छ।

ओलीले शुक्रबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्। उजुरीपछि उनले आरोपितहरूको तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

पक्राउ परेकाविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिँदै ओलीले असहमति राख्नु, आलोचना गर्नु वा फरक विचार व्यक्त गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक र स्वागतयोग्य अभ्यास भए पनि कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, धम्की दिने वा घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएकी छन्।

कारबाही प्रक्रिया अघि बढाएकोमा उनले साइबर ब्युरो र नेपाल प्रहरीप्रति आभार व्यक्त गरेकी छन्।

यसअघि पनि ओलीकै यस्तै प्रकृतिको उजुरीका आधारमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो ।


प्रतिकृया दिनुहोस्