
१२ असार, काठमाडौं । फिफा विश्वकपमा समूह ‘एफ’ बाट एकसाथ तीन टोली नकाउट चरणमा प्रवेश गरेका छन् ।
नेपाली समयअनुसार शुक्रबार बिहान भएका दुई खेलको नतिजापछि तीन टोली एकैचोटी नकाउटमा प्रवेश गरेका हुन् ।
आज भएको खेलमा ट्युनिसियामाथि ३–१ गोल अन्तरको सहज जित दर्ता गरी नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता बनेर नकाउटमा पुग्यो ।
त्यस्तै, जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा रोकिँदै दुवै टोली नकाउटमा प्रवेश गरे । अन्तिम खेलको बराबरी नतिजापछि जापान ५ अंकसहित समूहको उपविजेता बनेर नकाउटमा गयो । भने, ४ अंकसहित तेस्रो बनेको स्विडेन पनि नकाउटमा पुग्यो ।
यो समूहमा रहेको अर्को टोली ट्युनिसिया भने एक खेल पनि नजितेर विश्वकप २०२६ बाट बाहिरिएको छ ।






























