Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३१ गते


Advertisement

३१ जेठ, काठमाडौं । कैलालीमा सडक छेउमा राखिएको टेम्पोलाई वन कर्मचारीले भिरमा खसालेको घटनाको अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार गोदावरी नगरपालिका–४ स्थित गाईमारे डाँडामा स्थानीय धनादेवी धामीको टेम्पो भिरबाट फालिएको घटनाबारे सोधपुछ गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन।

प्रारम्भिक अनुसन्धान अनुसार अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय धनगढी, पहलमानपुर र डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारीको संयुक्त टोली घटनास्थलमा खटिएको खुलेको छ। ३ वटै वन कार्यालयका कर्मचारीसँग हाल सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्