Skip

Hamro Sanchar

तोलामा १ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३१ गते


३१ जेठ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९३ हजार २०० रुपैयाँ कायम छ । शुक्रबार २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्