
२८ जेठ, काठमाडौं । एकैपटक ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ ।
यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ ।
विभागका अनुसार सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउनेछन् ।





































































