Skip

Hamro Sanchar

गृहमन्त्रीमा फेरि सुधन गुरुङ, आजै शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २६ गते


२६ जेठ, काठमाडौं । सुदन गुरुङ फेरि गृहमन्त्रीमा फर्कने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

आज दिउँसो ३ बजे उनको शपथ कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

उनको सम्पत्ति छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ ।


प्रतिकृया दिनुहोस्