Skip

Hamro Sanchar

सर्वदलीय बैठकमा जुटेन सहमति : प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध कायमै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २५ गते


२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्  । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो ।

बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।

यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।


प्रतिकृया दिनुहोस्