Skip

Hamro Sanchar

रास्वपा हुम्ला सभापतिमा लक्ष्मण ऐडी सर्वसम्मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २४ गते


Advertisement

२४ जेठ, हुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ। उनी यसअघि उपसभापति रहेका थिए।

भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको हो।

भेलाले सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढालाई चयन गरेको छ। समितिलाई भेलाले चयन गरेको हो।

यसैबिच, सभापति चयन भएपछि ऐडीले देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिकृया दिनुहोस्