
२३ जेठ, काठमाडौं । काठमाडौँ र ललितपुरका झन्डै सय ठाउँमा आज ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार र टेकु सबस्टेसनअन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट विद्युत् वितरण भइरहेका ९८ ठाउँमा अहिले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आपूर्ति बन्द गरिने भएको हो।
प्राधिकरणअन्तर्गत १३२ के.भी। प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना (मातातीर्थ) को सूचनाअनुसार कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुर वितरण केन्द्रका ११, रत्नपार्क वितरण केन्द्रका २० र पुल्चोक वितरण केन्द्रका १४ ठाउँमा विद्युत् उक्त अवधि बिजुली अवरुद्ध हुनेछ।
नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाबाट १३२ केभी स्युचाटार सबस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नति समेतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।
सटडाउन अवधिमा काठमाडौँ उपत्यकाभित्रका अन्य सबस्टेसनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको सूचनामा उल्लेख गरिएको छ ।































