Skip

Hamro Sanchar

रविकाे भारत भ्रमणमा आशंका नगरौं, चीनसँगको सम्बन्धमा ध्यान दिन सरकार नचुकाेस् : डा. भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २३ गते


२३ जेठ, काठमाडौं । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीतिलाई भूराजनीतिक र भूआर्थिक यथार्थका आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत सत्ताधारी दलका सभापति रवि लामिछानेको भारत भ्रमणलाई अनावश्यक आशंकाभन्दा सकारात्मक ढंगले बुझ्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।

डा। भट्टराईले आफ्नो स्टाटसमा बदलिँदो विश्व परिस्थितिमा नेपालको परराष्ट्र नीतिका निर्णायक पक्ष भूराजनीतिक र भूआर्थिक नै हुने स्पष्ट पारेका छन्

उनले राजनीतिक नेतृत्वले बाँझो फोर्ने राज्यको नेतृत्वले सम्याएर रोप्ने र आम नागरिकले गोडमेल गर्नेु तरिका अपनाउँदा मात्र कूटनीतिमा राम्रो फसल भित्र्याउनु सम्भव हुने गाउँले किसानको भाषामा व्याख्या गरेका छन।

यो भनाइले परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा सबै पक्षको समन्वयात्मक भूमिकाको आवश्यकतालाई औंल्याउँछ।

उनले उत्तरी छिमेकी र उदीयमान विश्वशक्ति चीनसँगको सम्बन्धमा पनि विशेष ध्यान दिन सत्ताधारी दल र सरकारलाई आग्रह गरेका छन्।

वुवर्तमान बहुध्रुवीय विश्व र नेपालको भूराजनीति अवस्थितिलाई मध्यनजर गर्दै भारत, चीन, अमेरिका र अन्य प्रमुख शक्ति राष्ट्रहरूसँग सुमधुर सम्बन्ध राख्ने नीतिमा सरकार दृढ रहनुपर्ने डा. भट्टराईको भनाइ छ।

उनले कुनै आकस्मिकता नआइपरेसम्म यो नीतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

डा.भट्टराईले आन्तरिक मामिलामा सार्वजनिक माथापच्ची भए पनि परराष्ट्र नीतिमा भने राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा विशेष जोड दिएका छन्।


प्रतिकृया दिनुहोस्