Skip

Hamro Sanchar

गंगालालसहित ९ स्वास्थ्य संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान, कति चाहिन्छ योग्यता ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


२० जेठ, काठमाडौं । सरकारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसहित नौ वटा संस्थाका पदाधिकारीका लागि आदेवन आह्वान गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बुधबार विज्ञापन जारी गरी विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन माग गरेको हो। मन्त्रालयले नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष, सदस्य र रजिस्ट्रारका आवेदन माग गरेको छ।

त्यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष, सदस्य र रजिस्ट्रार माग गरिएको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष र रजिस्ट्रार, नेपाल फार्मेसी परिषद्को अध्यक्ष, सदस्य र रजिस्ट्राका लागि विज्ञापन गरिएको छ।

यसैगरी, नेपाल मेडिकल काउन्सिलको अध्यक्ष, सदस्य र रजिस्ट्रार तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सदस्यका लागि पनि आवेदन आह्वान गरिएको छ।

स्वास्थ्य मन्त्रालयले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक र सदस्य तथा स्वास्थ्य बीमा बोर्डको अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकका लागि विज्ञापन गरिएको छ।

सबै संस्थाका लागि १० दिनभित्र आवेदन दिन भनिएको छ। स्वास्थ्य मन्त्रालयमा आवेदन दिन सकिनेछ भने आवेदनसँग पेश गर्नुपर्ने कागजात मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

 


प्रतिकृया दिनुहोस्