Skip

Hamro Sanchar

केपी ओलीको चुनौती : मेरो सम्पत्ति विवरण खरानी हो, त्यही उठाएर लैजा सरकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


Advertisement

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो सम्पत्ति विवरण मागेकोप्रति आक्रोश व्यक्त गरेका छन्।

आजदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले वर्तमान सरकार षड्यन्त्रको उपज भएको बताए।

‘उनीहरू (सरकार)ले मेरो पनि सम्पत्ति विवरण मागेका छन्,’ ओलीले भने, ‘मेरो घर भदौ २४ गते आगो लगाइयो। मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार!


प्रतिकृया दिनुहोस्