Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


Advertisement

२० जेठ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको गठनबन्धन रहेको लुम्बनी प्रदेश सरकारका ४ जना मन्त्रीले आज पदबाट राजीनामा दिएका छन्।

लुम्बिनी प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बनेका चार जना पदबाट बाहिरिएका हुन्।

बजेटको अन्तिम तयारी चलिरहेका बेला एमालेका चारै मन्त्रीलाई राजीनामा गर्न लगाइएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् ।

एमालेका तर्फबाट लुम्बनी सरकारमा मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा दिएका हुन्।

योसँगै कांग्रेस र एमालेबिच आधा(आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भए पनि पार्टीभित्रकै किचलोले कांग्रेसले अब मुख्यमन्त्री पद नपाउने भएको छ।


प्रतिकृया दिनुहोस्