Skip

Hamro Sanchar

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा विपक्षिको हङगामा, बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १८ गते


१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीले आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीले त्यसको प्रमाण पेस गर्नुपर्ने, नभए सदनमा माफी माग्नुपर्ने माग विपक्षको छ । त्यति नहुँदासम्म सदनको कारबाही अघि बढ्न नदिने अडान विपक्षीले राखेका छन् ।


प्रतिकृया दिनुहोस्