Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीको अभिव्यक्तिमा रवीन्द्र मिश्रकाे सुझाव : गल्ती हो भने संसदमा क्षमायाचना गर्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १८ गते


Advertisement

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छू भनी दिएको अभिव्यक्तिप्रति राप्रपा नेता रवीन्द्र मिश्रले कडा टिप्पणी गरेका छन्।

मिश्रले प्रधानमन्त्रीको यो भनाइले नेपाल-भारत सीमा विवादमा नेपालको कूटनीतिक अडानलाई गम्भीर क्षति पुर्‍याउने भन्दै यसलाई सच्याउन माग गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै मिश्रले सीमा क्षेत्रमा हुने स्थानीय भोगचलन (Cross border occupation) र  भूमि अतिक्रमणु बीचको भिन्नता प्रधानमन्त्रीले बुझ्न नसकेको तर्क गरेका छन्।

मिश्रले सीमा वारपारको जग्गा भोगाधिकारलाई भूमि अतिक्रमण भन्न नमिल्ने बताएका छन्।

उनले भनेका छन्, त्यो स्थानीय सीमा विवाद मात्र हो, जसलाई भारतले कहिले पनि भूमि अतिक्रमण भनेको छैन।

प्रधानमन्त्रीले स्थानीय स्तरको प्राविधिक समस्यालाई राज्यस्तरको अतिक्रमणको रूपमा व्याख्या गरेर नेपालको पक्ष कमजोर बनाएको उनको आरोप छ।

सन् २०२० मा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नयाँ नक्सालाई भारतले अनचित नक्सागत दाबी ( Unjustified Cartographic Assertion) भभनेको सन्दर्भ कोट्याउँदै मिश्रले प्रधानमन्त्री शाहलाई प्रश्न गरेका छन्।

के प्रधानमन्त्रीले भारतको त्यही अडानलाई नेपालले गरेको अतिक्रमण भन्न खोज्नुभएको हो ? मिश्रले सोधेका छन्।


प्रतिकृया दिनुहोस्