Skip

Hamro Sanchar

बजेट महत्त्वाकांक्षी आएको छैन, निजि विद्यालयसँग लिएको कर विकटका बालबालिकाका लागि : अर्थमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


१७ जेठ, काठमाडौं ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट महत्त्वाकांक्षी र ठूलो आकारको नआएको दाबी गरेका छन् ।

बजेट सार्वजनिकपछि आज सञ्चारकर्मीलाई मन्त्रालयमा निम्ता गर्दै स्पष्टीकरण दिएका वाग्लेले बाहिर भनिएजस्तै र हल्ला गरिएजस्तै बजेट महत्त्वाकांक्षी र ठूलो आकारको नआएको दाबी गरेका हुन् ।

यसअघि कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा औसत २५ देखि ३० प्रतिशतको आकारमा वार्षिक बजेट बन्ने गरेकोमा आफूले ३० प्रतिशत तलकै प्रतिशतमा बजेट ल्याएको उनले बताए ।

सोही अवसरमा उनले बजेटअघि नै सञ्चारमाध्ययमहरूमा सरकारले २५ खर्बको बजेट ल्याउँदै छ भनेर हल्ला मच्चाएको भन्दै सरकारमाथि अस्वाभाविक दबाब दिन खोजिएको बताए।

तर, २१ खर्बको बजेट समय र आवश्यकतालाई हेरेर ल्याइएको उनको भनाइ छ।

यस्तै अर्थमन्त्री वाग्लेले निजी विद्यालयका विद्यार्थीहरूका लागि निर्धारण गरिएको अतिरिक्त ३ प्रतिशत करका विषयमा स्पष्टीकरण दिएका छन्।

सञ्चारकर्मीहरू सँग छलफल गर्दै मन्त्री वाग्लेले उक्त कर विकट क्षेत्रका दलित बालबालिकाहरूको पोषणका लागि रहेको दाबी गरे ।


प्रतिकृया दिनुहोस्