Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ऊर्जा क्षेत्रमा सरकारको उल्टो बाटो : ५० युनिटमाथि भ्याट लगाउने निर्णयको शंकर पोखरेलद्वारा विरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


Advertisement

१७ जेठ, काठमाडौँ । नेकपा एमाले)का महासचिव शंकर पोखरेलले सरकारले ऊर्जा क्षेत्रको विकास र उपयोगका सन्दर्भमा अदूरदर्शी निर्णय गरेको भन्दै कडा आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकारको पछिल्लो कदमलाई उल्टो बाटोको संज्ञा दिएका हुन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभाव टार्न दुई दिन सार्वजनिक बिदा दिने सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि भ्याट लगाउने निर्णय गर्नु अविवेकी भएको उनको तर्क छ।

नेपाल जलस्रोतमा धनी राष्ट्र भए पनि स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुको साटो थप करको भार थोपर्नु जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम हो, पोखरेलले भने ।

बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) को प्रयोगमा समेत कर वृद्धि गरिएको प्रति लक्षित गर्दै उहाँले सरकारले ग्रिन इनर्जीलाई प्रवर्धन गर्नुको साटो दुरुत्साहन गरेको बताए ।

केवल बजेटको आकार बढाउन र आयस्रोत देखाउन जनताको ढाड सेक्ने गरी यस्ता निर्णय गरिएको भन्दै उनले तत्काल गल्ती सच्याउन सरकारसँग माग गरेका छन् ।

सरकारले नाफा लिएर बिक्री गरेको विद्युत्को खपत बढाउनुको साटो कर लगाउनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै महासचिव पोखरेलले आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा विद्युत्को अधिकतम उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

 

 


प्रतिकृया दिनुहोस्