Skip

Hamro Sanchar

संयोजक दाहाललाई निमोनिया, अस्पताल भर्ना भए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १६ गते


१६ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल अस्पताल भर्ना भएका छन्।

आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए।

उनले भने, ‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो। आज थप जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि आज भर्ना गरिएको हो।’

निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए। उनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।


प्रतिकृया दिनुहोस्