Skip

Hamro Sanchar

काठमाडौं उपत्यकामा भारी वर्षा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


१५ जेठ, काठमाडौं । बिहीबार राति काठमाडौं उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागमा राति १० बजे ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलीमिटर वर्षा भएको छ ।

यस्तै काठमाडौंको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलीमिटर वर्षा मापन भएको छ । सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलीमिटरमाथि वर्षा भएको छ ।

यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले तीन प्रणालीको प्रभाव अहिले नेपालमा रहेको र अबको केही दिन वर्षा र बदली हुने जानकारी दिएको छ । बदली बढेकाले तापक्रम घटेर शीतल महसुस भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङ पर्नसक्ने जानकारी दिएका छन् । जेठ १८ गतेसम्म नै मौसम बदली रहने बताइएको छ ।


प्रतिकृया दिनुहोस्