Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विभागको सर्कुलर : जेठ १५ गते सबै भन्सार कार्यालयहरू बन्द गर्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १४ गते


Advertisement

१४ जेठ, काठमाडौं । भन्सार विभागले १५ जेठ अर्थात शुक्रबार सबै भन्सार कार्यालयहरू बन्द गर्न सर्कुलर जारी गरेको छ ।

उक्त दिन आगामी आर्थिक वर्ष, २०८३र८४ को बजेट सार्वजननिक हुँदै छ ।

कर व्यवस्थापन र जाँचपासमा असर गर्ने भए पनि विभागले सबै भन्सार कार्यालयहरूलाई सो दिन कुनै पनि मालवस्तुको भन्सार जाँचपास नगर्ने भनेको हो ।

अर्थ मन्त्रीज्यूबाट मिति २०८३र२र१५ मा आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक आय र व्ययको विवरण ९बजेट० संघीय संसदमा प्रस्तुत हुने भएकोले सो दिन यात्रु जाँचपासबाहेक भन्सार जाँचपासको कार्य बन्द गर्न गराउन हुन तथा मिति २०८३र२र१६ बाट भन्सार जाँचपास गर्दा आर्थिक विधेयक, २०८३ मार्फत भएका परिवर्तन आसिकुडा प्रणालीमा अद्यावधिक भएरनभएको यकिन गरेर मात्र जाँचपास गर्न हुनका साथै मिति २०८३र२र१४ सम्म दर्ता भएका प्रज्ञापनपत्र सोही मितिभित्र जाँचपास गर्नु गराउनु, निर्देशनमा भनिएको छ ।

ुप्रज्ञापनपत्र बाँकी रहेको खण्डमा आर्थिक विधेयक, २०८३ मा दररेट परिवर्तन भएमा सोही अनुरुप जाँचपास गर्ने एवम् २०८३र२र१४ वा सो भन्दा अगाडि मूल प्रज्ञापनपत्रबाट घोषणा गरेका तर, जाँचपास हुन बाँकी वस्तुको हकमा महसुल दर परिवर्तन भएमा परिवर्तित दर अनुसार छुट हुने महसुल असुली गरेर मात्र पटके प्रज्ञापनपत्रबाट वस्तु जाँचपास गर्नहुन समेत निर्देशन गरिएको छ,’ विभागले सबै भन्सार कार्यालयहरूलाई जारी गरेको सर्कुलरमा भनिएको छ ।


प्रतिकृया दिनुहोस्