Skip

Hamro Sanchar

रास्वपामा गएपछि कांग्रेसबाट वडाध्यक्ष बनेका केसी र विष्टको पद गयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १४ गते


१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित २ वडाध्यक्षको पद गुमेको छ ।

गुल्मी मुसिकोट नगरपालिका २ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका ३ का पद्मबहादुर विष्टको पद गएको हो ।

दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतस् रिक्त हुने व्यवस्था छ ।

निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको हो ।

गएको फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनताका उनीहरु रास्वपामा प्रवेश गरेका थिए।

 


प्रतिकृया दिनुहोस्