Skip

Hamro Sanchar

सुधनले भिडको नेतृत्व गरेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो : आयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


१३ जेठ , काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङले गत भदौ २३ गतेको जेनजी प्रदर्शनमा भिडको नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग झडप भएको खुलासा गरेको छ ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका मानवअधिकार हननका घटना छानबिन गरी आयोगले तयार पारेको प्रतिवेदनमा सो खुलासा गरिएको छ ।

भदौ २३ गते एभरेष्ट होटेलअगाडि अन्दाजी २०र२५ हजार भिड जम्मा भइसकेपछि करिब १२ बजेको समयतिर हामी नेपाल संस्थाका सुधन गुरुङले भिडको नेतृत्व गरेको आयोगले प्रतिवेदनमा पुष्टि गरेको छ ।

“यसरी निज गुरुङले नेतृत्व लिएपश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा व्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भई हुलदंगामा परिणत भएको देखिन्छ । तत्पश्चात मात्रै सुरक्षाकर्मीबाट अश्रु ग्याँस र पानीको फोहोरा प्रयोग भएको पाइयो,” प्रतिवेदनमा भनिएको छ ।


प्रतिकृया दिनुहोस्